एमाले फर्किए एस तनहुँका अध्यक्ष कार्की
तनहुँ | साउन ६, २०८०
दमौली: नेकपा एकीकृत समाजवादीका तनहुँ जिल्ला अध्यक्ष श्रीराम कार्कीसहितका केही जिल्ला सदस्य नेकपा एमालेमा फर्किएका छन् ।
एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव एवंम् गण्डकी प्रदेशका ईन्चार्ज गोकर्ण विष्टले उनीहरुलाई पार्टीमा स्वागत गरेका हुन् ।
शुक्रबार पार्टी कार्यालयमा एक कार्यक्रम गरि जिल्ला अध्यक्ष कार्की सहित चार जनालाई एमालेमा फर्काएको हो ।
जिल्ला अध्यक्ष कार्कीसहितका नेता गत वैशाखमा भएको उपनिर्वाचनमा एमालेमा फर्किन संवादमा थिए । तर, अन्तिम समयमा एमाले फर्कने कार्यक्रम रोकिएको थियो ।
पोखरा: तनहुँ जिल्ला ढकाल समाज प्रतिष्ठानको पाचौं साधारण सभा तथा दोस्रो अधिवेशनले नारायण ढकालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । समाजको उपाध्यक्षमा महेशराज ढकाल,...
पोखरा: राष्ट्रिय खेलाडी सम्मिलित रामघाट फुटबल क्लबले प्रथम दोभान कपको उपाधि जितेको छ । दोभान क्लबको आयोजनामा रुपा गाउँपालिका ६ देउरालीमा शनिबार भएको फाइनल खेलमा रामघाटले न्युस्टार ...
पोखरा: नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश आयोजनामा भएको गण्डकीका ११ वटै जिल्लाका अध्यक्ष, सचिव र कोषाध्यक्षको भेलाले १० बुँदे पोखरा घोषणापत्र जारी गरेको छ । महासंघ प्रेस तथा अभिव्यक्ति स्...

